दफा २२
बोर्डको कोष
(१) बोर्डको आफ्नो छुट्टै कोष हुनेछ । (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः– (क) नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्य रकम, (ख) स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायबाट प्राप्त अनुदान, सहयोग वा ऋण, तर त्यस्तो अनुदान, सहयोग वा ऋण लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । (ग)अनुमतिपत्र दस्तुर बापत प्राप्त रकम, (घ) धितोपत्र दर्ता दस्तुर बापत प्राप्त रकम, (ङ) धितोपत्र कारोबार गरे गराए बापत प्राप्त दस्तुर, फी, शुल्क, (च) बोर्डले जरिबाना गरे बापत प्राप्त रकम, (छ) अन्य कुनै स्रोतबाट प्राप्त रकम । (३) उपदफा (१) बमोजिम बोर्डलाई प्राप्त हुने सम्पूर्ण रकम नेपाल राज्यस्थित कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ । (४) बोर्डको तर्फ बाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ । (५) उपदफा (४) बमोजिम खर्च गर्दा प्रत्येक आर्थिक वर्षको लागि गरिने आम्दानी र खर्चको निमित्त बोर्डबाट स्वीकृत भएको बजेटको आधारमा खर्च गरिनेछ । (६) बोर्डको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।